Logo

चापागाँउमा शनिबार बत्ती काटिदै, दक्षिण ललितपुर अन्धकार


ललितपुर खबर
१० माघ ०७७,चापागाँउ । मध्यललितपुरको चापागाँउ फिडरमा शनिबार बत्ती काटिने भएको छ । विद्युत् प्राधिकरणका अनुसार बज्रवाराहीको सेक्सनलाइजरमा बत्ती काटिने छ ।
यस स्थानमा बत्ती काटिदा चापागाँउ बजार, टाहाखेल,न्यौपाने गाँउ,लेले, शेरा फाँटमा बत्ती आउने छैन । साथै दक्षिण ललितपुरको कोञ्ज्योसोम र माहाँकाल गाँउपालिकाभर र वागमती गाँउपालिकाको ३,४,५,६ र ७ वडामा विजुली जानेछ ।
विद्युत् प्राधिकरणले चापागाँउ लेले सडकखण्डमा पर्ने पोल सार्न, रुख काट्न विद्युत अवरुद्ध पार्न लागेको जानकारी दिएको छ । विद्युत प्राधिकरणका अनुसार यसै मौकामा खजुरीको कारखाना नजिक नयाँ ट्रान्सफरमर जडान समेत हुनेछ । साथै विद्युत प्रधिकरणले प्याङ्गगाँउ कन्डक्टर अपग्रेड गर्ने योजना समेत सार्वजनिक गरेको छ ।
यो क्षेत्रमा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म लाइन काटिन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्