Logo

ललितपुरको टिकाभैरवमा वडाध्यक्षको लोडर दुर्घटना, २ जनाको मृत्यु


ललितपुर खबर
१० माघ ०७७, चापागाँउ । ललितपुरको टिकाभैरवमा लोडर पल्टदा किचिएर २ जना मृत्यु भएको छ ।
शुक्रबार अपरान्ह राती बजे ३० हेटौडा गढी नगरपालिका ५ का चालक विकाश दर्नाल र सिन्धुलाप्चोकका राज कार्की टिकाभैरवबाट खानी क्षेत्रतर्फको बाटो खन्ने क्रममा लोडर पल्टदा त्यसैले किचेपछि घाइते भएका थिए ।
उनीहरुको पाटन उपचारका लागि अस्पताल लगिएको र अस्पतालमै मृत्यु भएका महानगरिय प्रहरी बृत्त चापागाँउले जानकारी दिएको छ ।
गोदावरी नगरपालिकाका एक वडा सदस्यका अनुसार लोडरका मालिक वडाध्यक्ष विष्णुमान महर्जनको हुन् । उनका अनुसार मध्यरातमा दुर्घटना हुँदा उद्दार गर्न कठिनाई भएको थियो ।
रातको समयमा लोडरले किचिएको उनीहरुलाई निकाल्न अर्को मेसिन प्रयोग गरेर निकालिएको थियो । मृतकहरुलाई उद्दार गर्न झण्डै ३ घण्टा लागेको थियो । चालक दर्नालसँग राज रातको समयमा साथी गएका थिए । उनी वडाध्यक्षको जेसिवि चलाउने गरेको ती वडासदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्