Logo

ललितपुरकी गायिका सुजाताले ल्याइन् ‘सहि हो’


ललितपुर खबर
२७ माघ ०७७, चापागाँउ । ललितपुरकी गायिका सुजाता केसी नयाँ गीत सार्वजनिक गरेकी छिन् । लोक आधुनिक शैलीमा प्रस्तुत गीतमा अर्जुन पोखरेलले सुजातालाई साथ दिएका छन् । संगीत पनि अर्जुन पोखरेलकै रहेको केसीले ललितपुर खबरलाई बताइन् ।
गीतकार यादव लम्सालको शव्द रहेको यसकोे म्युजिक भिडियो सहित गत विहीबार युट्युवमा राखिएको छ । ६ दिभित्र यस गीत १ लाख ४६ हजारले हेरिसकेका छन् ।
म्युजिक भिडियोमा दुर्गेश थापा,जिवेशसिंह गुरुङ्ग ,श्रेया सिटौला र गीता ढुंगाना को अभिनय हेर्न सकिन्छ ।
म्युजिक भिडियोको निर्देशन चलचित्र निर्देशक चर्चित रामजी लामिछानेले गरेका छन् । छायाङ्कन भने सौरभ लामाले गरेका छन् ।
गीत चार मिनेट लामो छ भने म्युजिक भिडियो ८ मिनेटको रहेको छ । हेर्नुस् भिडियो ः

प्रतिक्रिया दिनुहोस्