Logo

पराजुलीको‘कोटेश्वरको केटो’लाई इञ्जा पुरस्कार

कथाकार पराजुली ।

२७ माघ ०७७, काठमाडौ। कथाकार तथा पत्रकार राजेन्द्र पराजुलीलाई कोटेश्वरको केटोलाई नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रुपैयाँ राशीको उत्कृष्ट साहित्यिक कृति पुरस्कार दिने निर्णय गरिएको छ ।
सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट बिक्री, साहित्यकारहरुको सिफारिस र निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ ले यस पुरस्कार दिने निर्णय गरिएको बताएको छ् ।
पराजुलीले लेखेको यस कृतिमा झण्डै ५० बर्षअघि आफू जन्मेको कोटेश्वर र वरपरको परिभेषलाई संस्मरणात्मक रुपमा दृश्यहरु पस्केका छन् ।
पत्रकार पेशामा आवद्ध राजेन्द्र पराजुली कथा लेख्छन् । उनका हालसम्म शुक्रराज शास्त्रीको चस्मा (२०७३), विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा माक्र्स (२०६८), अघोरी (२०७५) कथासंग्रह प्रकाशित छन् ।
कोटेश्वरको केटो पराजुलीको भोगाईको एउटा दस्तावेज हो । उनले आफ्नो संस्मरणणत्मक कथामा अ ाफ्ना पत्रकारिताका अनुभव समेत भावनात्मक पारामा पसकेका छन् ।
उनका यी कथामा काँठका जीवन बोलेको छ । आर्थिक सामाजिक परिवेस समेटिएको कथा जीवन्त छ ।

“जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगाउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ। त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ, पुरस्कार घोषणाको क्रममा इञ्जाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका पराजुली नेपाली साहित्य र मुलधारको पत्रकारितामा स्थापित छन् । पत्रकार पराजुली राजधानी, समाचारपत्र आर्थिक अभियानजस्ता पत्रिकामा लामो समय काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्