Logo

‘मलाई हिट भएर सेलाउनु छैन’

२९ माघ ०७७, ललितपुर । गायिका सुजाता केसी  ९\१० बर्षको उमेरमा आफ्ना वाबु आमासँग ललितपुर ठूलादुलुङ्गबाट शहर पसिन् । त्यसताका माओवादी द्वन्द्व थियो । त्यही द्वन्द्वले सुजातालाई ठूलादुर्लुङ्गबाट लखेट्यो । उनका वावु गणेश केसी स्थानीय स्कुलमा हेडमास्टर थिए । अनि आमा हेल्थ पोष्टमा अनमी ।
द्वन्द्वकालमा माओवादी युद्धमा सुजाता होमिन्छ्न् भन्ने उनका वावु केसीलाई त्रास थियो । द्धन्द्वका अनेकौ हण्डर खेपेका उनका वावुले सुजातालाई त्यो दलदलबाट उम्काउने फैसला गरे । केसीले स्कूलको हुँदाखादाको जागिरबाट राजिनामा दिए । अन्नतः उनको परिवार त्यही द्वन्द्वका कारण विस्तापित हुन पुग्यो ।
हुन त सुजातालाई द्वन्द्वको समयमा माओवादी सास्कृतिक टोलीको गीत मन पर्थो । उनी गीत सुन्थिन् अनि ताली बजाउथिन् ।
सुजाताको गीत संगीतको पहिलो खुड्किलो चापागाँउस्थित वाणीविलासबाट सुरु भयो । स्कूलको वार्षिक कार्यक्रममा स्टेजमा उक्लिइन् । उनको सहकर्मीहरुको तालीले उनलाई गायिका बन्न उक्सायो । आफ्ना वाबु स्कूलको हेडमास्टर हुँदाको बखत सुजाताले धेरै गीत संगीतमा रम्न पाइन् । संगीतप्रति लगाव रहेको केसी राम्रो गीत लेख्थे । गाउथे ।
आफ्नो साँगितिक जीवनको पहिलो गुरु सुजाता आफ्ना वावुलाई मान्छिन् । उनका वावु उनलाई विभिन्न कार्यक्रममा लग्थे । सुजाता आफ्ना वावुलाई नदेख्दा डरले गाउदैनथिन् । जव वावु देख्थिन् अनि आउथिन् ।
‘त्यसताका म दर्शक देखेर स्टेजमा डराउथे ।’ भन्छिन्, ‘एकदमै धेरै ।’


पहिलो रेर्कडिङ्ग सुजाताका लागि स्मरणीय छ । मान्छे देख्दा गाउन डराउने सुजाता स्टुडियोमा धरी गाउन सकिनन् । भन्छिन्,‘स्टुडियोको बत्ती निभाएर मान्छे नदेखेपछि मात्रै गाउन सके ।’
‘तर आजकल जति धेरै दर्शक देख्यो उती गीत गाउन जोस आउँछ ।’उनी भन्छिन् ।
स्टुडियोमा गीत गाउदा सँगै हुने चापागाँउका कुमार केसी सोध्ने गर्छन्, ‘त्यसताका मेरो स्टुडियोमा बत्ती निभाएर गीत गाउने गायिका तिमी नै हौं ।’ अनि गायिका सुजाता आफैंलाई सम्झेर अचम्म मान्ने गर्छिन् ।
सुजातालाई सोलो आइटम गीत गाउने रहर छ । अग्रजहरु पनि उनलाई आइटम गीत नै गाउन सुझाउछन् । उनी आफ्नै लागि गीत गाउने बताउछिन् । ‘म मनले भनेको मान्छु । र मन परेको त्यो नै गीत गाँउछु । अहिलेसम्म सबै मेरा गीत दर्शक श्रोताले मन पराएका छन् ।’ सुजाता मुसुक्क हाँस्दै भन्छिन् ।
अघिल्लो साल अष्ट्रेलियाको एडिलेट शहरको रमझममा तीज मनाएको सुजातालाई सम्झना छ । कलाकारिता जीवनको त्यो स्मरणीय क्षण दोहो¥याउन चाहिन्थिन् । तर पछिल्लो कोरोना कहर उनको करिअरमा वादल बनेर छायो । उनको आइटम गीत युट्युवमा त चल्यो तर विवाह पार्टीमा बजेन । धेरै स्टेज कार्यक्रम उनले मिस गरिन् । स्टेजको पैसा पनि गुम्योे ।


भल्गर गीत गाउन चाहन्न््, उनी । भन्छिन्, ‘गीत सुनेर हजुरबुवा हजुरआमा रमाउन सकुन् मलाई क्षणिक हिट भएर सेलाउनु छैन ।’
संगीतको दुनियामा सुजातालाई संर्घष भन्ने नै थाहा भएन । परिवार र आफ्ना सर्कलले उनलाई सधै सहयोग नै गरिरहे ।
सुजाता आफूलाई भर्सटायल गायक भन्न रुचाउँछिन् । उनले लोक दोहोरी,आधुनिक,भजन,राष्ट्रिय गीत,आइटम गीत, पप गीत गाइसकेकी छिन् । सुजाताले ¥याप गीत भने आएकी छैनन् । भन्छिन्,‘अव छिट्टै ¥याप गीत गाउछु ।’
सुजाता भाइरलको आडमा संगीतको बजारमा मान्छेहरु आइरहेको देख्दा दिक्क छिन् । कला नभएकाहरु लामो समय नटिकेको देख्छिन् । नयाँ पुस्तालाई कलाको साधना गर्न सुझउँछिन् ।
पछिल्लो नेपाली संगीत बजार बाटो विराएको उनी बताउछिन् । भाइरको जमानामा कलाको अर्थ बुझ्न छोडिएको छ । चर्चाको आडमा पैसा कमाउने दौडमा शहर व्यस्त छ । उनी कहिलेकाँही आफैलाई सम्झाउछिन्,‘यो सबै क्षणिक हो । भोलि आफ्ना सन्तानलाई मेरो श्रृजना हो भनेर देखाउदा लाज लाग्ने श्रृजनाको कुनै अर्थ छैन । भन्छिन्, ‘म सधै बाँचिरहने गीत गाउन चाहन्छु ।’
उनको बुझाईमा महिलालाई नेपाली संगीत बजारमा गाह्रो छ । कि भाइरल हुनुपर्छ, कि चिनेको मान्छे ठाँउमा हुनुपर्छ । आर्थिक हैसियत पनि महिलाका लागि बाधक छ ।


तर पछिल्लो समय धेरै प्लेटफार्म रहेको सुजाताको बुझाई छ । नेपाल आइडल,नेपाली ताराजस्ता ठाँउ छन् । कला भएका लागि युट्युव र टिक टक पनि सहयोगी छन् ।
पछिल्लो पुस्ताकी चर्चित गायिका सुजाताका दर्जन गीत हिट छन् । सर्वाधिक मन पराइएको गीत ‘मेरो आद आछ’ त टिकटक नै २ लाख बेसी बनिसक्यो । युट्युवमा अपलोड भएको एक महिनामै यो संख्यामा टिक टक बन्नु उत्साहजनक रहेको उनी बताउछिन् ।
आइटम गीत ‘बाजा बजाउदै’ उनको अर्कोे हिट नम्बर हो । सुजाताले गाएको यो गीत युट्युवमा झण्डै एक करोड दर्शकले हेरिसके । पछिल्लो समय उनको लोक आधुनिक गीत सही हो चर्चामा छ ।
उनको हिट नम्बर अरु पनि छन् । चलचित्रका चलेका ‘क्या बबाल भो’, ‘तिम्रो हुने कहिले’ गीत हुन् । ‘प्रविधि र भाइरल जमानाले कलाकारलाई चुनौती अवसर दुवै दिएको छ । युट्युव, टिकटकसँग नजिक हुने कलाकार अघि बढ्न सकेका छन् । पुराना पुस्ता पछाडि छन् ।’ उनी भन्छिन् ।


सुजाता छोटो समयमै पुरस्कारहरु समेत बटुल्न सफल छिन् । उनले गतवर्ष औद्योगिक शान्ति म्युजिक अवार्डको दोश्रो संस्करण अन्र्तगत जुरी अवार्ड नै उचालिन् ।
यस बर्षको छायाछविको युगल तीज अवार्ड रोजी श्रेष्ठ र सुजाता केसीले पाए । नेपाली कल्चरल एण्ड आर्ट अर्वाड चर्चित आधुनिक विद्याबाट सिंगर अफ एअर अवार्ड आफ्नो पोल्टामा पार्न केसी सफल भइन् । यसै बर्ष चर्चित वक्स अफिस म्युजिक अवार्ड ‘नेप्टी मोरी’ भन्ने गीतमा पपुलर सिङ्गगर अफ दि एअर फिमेल विधामा उनैले हात पारिन् ।


छोटो समयमा अवार्डहरुबाट सुसज्जित हुन पाउदा सुजाता पुकलित छिन् । भन्छिन् ‘अवार्ड अचाल्दा औधि खुशी हुन्छु ।’
सुजाता गायिका मात्रै होइनन् । अभियनको क्षेत्रमा समेत उनले आफ्नो पाइला अघि बढाएकी छिन् । ०७२ सालमा ‘सूर्या द पावर’ चलचित्रमा खेलेकी छिन् । भूकम्पपछि बनेको घर चलचित्रमा समेत उनको अभिनय हेर्न पाइन्छ । चलचित्र क्षेत्र आफ्नो रहरको रुपमा प्रष्ट्याउने सुजाता संगीत क्षेत्रमा आफ्नो जीवन भेट्ने बताछिन् ।


उनको थुप्रै म्युजिक भिडियो बनेका छन् । सांगितीक जीवनको शुरुवाती दिनहरुमा आफै मोडलिङ्ग गर्ने सुजाता पछिल्लो समय पर्दाबाट बाहिर बसिन् । भन्छिन्, ‘मोडलिङ्गबाट बाहिरिदा मलाई पछुतो छ ।
आफ्ना गीत मोडलको नाम जोडेर चर्चा गरेको सुन्दा उनको चित्त कटक्क खान्छ । बर्षैंको मेहनत र लाखौंको लगानी डुवाउदा आफू छायाँमा परेको देखेर उनी पुनः मोडलिङ्गमा फर्कने तरखरमा छिन् । भन्छिन्,‘दुव्लाउदै छु । अव सोलो गीत लिएर भिडियोमार्फत आउछु ।’
सुजाता राम्रो नाच्छिन् । उनलाई भिजुअल फ्रेण्डली गायिका भन्दा फरक पर्दैन । युट्युवका दर्शकप्रति उनी मोहित छिन् । दर्शक पनि उनको गीतमा झुमेकै छन् । त्यसैले त ‘बाजा बजाउदै’ का भिडियो हेर्दै झण्डै एक करोड दर्शक मोहित भइसके । भन्छिन्, ‘अहिले हेर्नेको जमाना छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्