Logo

ग्यालेरीमा सुन्दर हिमाल (तस्विरहरु)


ललितपुर खबर
२ फागुन,०७७, काठमाडौं । कोरोना कहर शुरु भएदेखि राजधानीका ग्यालरी सुनसान थिए । तर केही दिनदेखि नेपाल आर्ट काउन्सिलमा सुन्दर हिमालका आर्ट झुण्ड्यिाएपछि चहल पहल बढ्न थालको छ ।
आर्ट क्लव नेपालले कोरोना अवधिमा बन्द ग्लालेरी डेढ महिनासम्मका लागि बुक गरेर आर्ट फेयर सुरु गरेको हो ।


विके नरबहादुरका लक डाउनमा बनाइएको आर्ट प्रर्दशनीमा ल्याइएको हो । उनको यो प्रर्दशनी १७ दिनसम्म चल्नेछ । प्रकृति मन पराउने विश्वकर्मा बुद्धको चित्र समेत कोर्छन् । ल्याण्डस्केप चित्र किन्न परे उनकैमा जान्छन् ।


यो बेला ग्यालेरीमा दर्शक पुग्नु नै ठूलो कुरा भएको नरबहादुर बताउछन् । भन्छन्, ‘पहिलेजस्तो आर्ट विक्ने अवस्था छैन । मान्छेले अझै पनि भोलि के हुने हो भनेर पैसा जोगाएर राखेका छन् ।’


पछिल्ला यस प्रर्दशनीमार्फत ६ वटा आर्ट बेचेको छु । व्यावसायिक महत्व आफैले बढाउनु पर्ने उनी बताउछन् । भन्छन्, ‘बजारमा बेच्न राखेका हरेक कुरा विक्छन् ।’


कलाको माध्यमबाट देशको पर्यटन विकाशका लागि योदान दिन सकिने नरबहादुर बताउछन् । भन्छन्, ‘मेरो चित्र हेरेर जापानबाट केही पर्यक आए औधि खुशी लाग्यो । मैले नदेखेका अरु धेरै पर्यटक नेपाल सुन्दर लागेर आइरहेका छन् ।’

 

प्रतिक्रिया दिनुहोस्