Logo

बन्दैछ गोदावरी सम्मेलन केन्द्र (तस्विरहरु)


ललितपुर खबर
३ फागुन ०७७,गोदावरी । राजधानीको दक्षिण भेगमा रहेको रमणीय पर्यटकीय स्थल गोदावरीमा अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र बन्दैछ ।
कम्पनीका इन्जिनियर आशिश सिलवालका अनुसार सम्मेलन केन्द्रको निर्माण भ्याट बाहेक ५८ करोड २४ लाख ४७ हजार ३ सय ९ रुपैयाँ ५० पैसामा केसी समानान्तर जेभिले ठेक्का लिएर काम गरेको हो ।
भवन विभागका इन्जिनियर विकाश खनालका अनुसाार सम्मेलन केन्द्रले ४३ रोपनी १५ आना क्षेत्रफल ओगटेको छ भने भवनमात्रै ११ रोपनी १३ आनामा ६ हजार १२ वर्ग मिटर हुनेछ ।
२०७६ असोज २० गतेबाट ५ महिनामा निर्माण सम्पन्न गर्ने कार्यादेश दिएर सुरु गरिएको थियो । सम्मेलन केन्द्रमा एउटा मात्रै रहने रहनेछ । ३ वटा गेट रहनेछ । भौतिक प्रगति ८० प्रतिशत रहेको ठेकेदार कम्पनीको भनाई छ ।
सम्मेलन केन्द्रको सिलिङ्ग राख्न २० दिन समय खर्च भएको कम्पनीका साइट इन्जिनियर रविनकुमार रायले बताए । यस भवनमा राखिएको सिलिङ्गको ट्रस्ट ५८ मिटर रहेको र नेपालकै ठूलो भएको उनले बताए । उनले भने,‘यो सिलिङ्ग राख्न ४ वटा क्रेन प्रयोग गरिएको थियो ।’


अहिले २ सय ३६ जना कर्मचारी काम गरिरहेका छन् ।
कोरोनाको माहामारीका कारण समयमै सम्पन्न गर्न नसकेको भन्दै ठेकेदार कम्पनीले अनुरोध गरेपछि सरकारले पहिलो पल्ट १० महिनाको म्याद थप गरेको थियो । गत माघ ३० भित्र सम्मेलन केन्द्रको काम नसकेपछि फेरि २ महिना समयावधि थप्ने प्रकृया सुरु गरिएको ठेकेदार कम्पनीका साइट इन्जिनियर रविनकुमार रायले बताए । उनले भने,‘नयाँ बर्षको दिन यो सम्मेलन केन्द्र सञ्चालनमा आउनेछ ।’


कोरोना माहामारीका कारण चैत्रदेखि असारसम्म काम अवरुद्ध भएको कारण समयमै सम्मेलन केन्द्र पुरा गर्न नसकिएको इन्जिनियर रायले बताए । उनले भने, ‘कोरोनापछि कामदार जुटाउनै हामीलाई कठिन भयो । सरकारले अनुमति दिंदा समेत यहाँ आएर काम गर्न श्रमिक तयार भएनन् ।’ उनले प्रष्ट्याउदै भने, ‘त्यसैले काम समयमै गर्न सकिएन ।’पछिल्लो समय म्याद थपको लागि प्रकृया सुरु भएको उनले बताए ।


भवन विभागका इन्जिनियर खनालले भवनको ३ वटा मुख्य प्रवेशद्वार हुने बताए । ‘२ वटा गेटबाट गाडी आउने जाने र एउटामा टिकट काउण्टर रहने छ ।’ भने, ‘भवनमा प्रतिक्षा कक्ष, पाकिङ्ग समेत रहनेछ ।’


राजधानीको विरेन्द्र अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र संसद भवनको रुपमा प्रयोग भएपछि ठाँउ्रको अभावमा विभिन्न अन्र्तराष्ट्रिय स्तरको कार्यक्रमहरु आयोजना गर्न सरकारलाई तारे होटल खोज्नु पर्ने बाध्यता थियो । तारे होटलमा समेत सिमित ठाँउ हुने हुँदा ठूला कार्यक्रम गर्न गाह्रो थियो । साथै महँगो तारे होटलको खर्च थेग्न र राज्यकोष बचाउन समेत कठीन थियो । ३ हजार सिट क्षमताको यो सम्मलेन केन्द्र अहिलेसम्मकै ठूलो हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्