Logo

सुनाकोठीबाट जुवा खेल्ने १७ युवासहित ३१ लाख रुपैयाँ पक्राउ


८ फागुन ०७७, सुनाकोठी । ललितपुर सुनाकोठीबाट जुवा ताख खेलिरहेका अवस्थामा शुक्रबार साँझ १७ जना पक्राउ परेका छन् । सुनाकोठी स्थित अजय महर्जनको ४ तले पक्की घरको दोश्रो तलामा उनीहरु पक्राउ परेको अवैध रुपमा जुवा तास खेली खेलाई रहेका छन् भन्ने बिषेश सुचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । प्रहरीले महर्जनको घरकोठामा रितपुर्वक खानतलासी गर्दा अवैध रुपमा जुवा तास खेलिरेको खालबाट नगद तथा दशीका सामानहरू सहित अभियुक्तहरुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर ललितपुरमा राखी अनुसन्धान भईरहेको जानकारी दिउको हो ।
उनीहरुको साथबाट १९ वुक तास,१६ थान कौडा ३० लाख ८४ हजार ४ सय नगद, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान । तास खेल्दा प्रयोग गर्ने सिमीको दाना १ सय ५० थान रहेको प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्