Logo

महाराजगंज बस्ने ४९ वर्षीय सुधिर श्रेष्ठ बैंकिङ कसुरमा पक्राउ


१० फागुन ०७७, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–३ महाराजगंज बस्ने ४९ वर्षीय सुधिर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

प्रतिवादी सुधिरले २०७५ जेठ ७ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानी गर्नका लागि नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटेका थिए।

बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले ७ दिन कैद र २१ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो।

त्यसपछि फरार रहेका सुधिरलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो।

 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्