Logo

 एकै परिवारका तीन जना मृत फेला

१० फागुन ०७७, गोरखा । गोरखा बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् । बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।

विषालु च्याउ खाएका कारण उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्