Logo

बिल नखुलेको मोबाइल सहित ७ जना पक्राउ


१० फागुन ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका २२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा श्रोत नखुलेको मोबाइल सहित ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिना बिलको राजश्व छलीका मोबाइलहरु बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मोबाइलहरु फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको बत्रछ ।

प्रतिक्रिया दिनुहोस्