Logo

नागार्जुन र म्हैपीमा दिउँसै चोरी


१० फागुन ०७७, काठमाडौं । काठमाडौंको नागार्जुन महैपीमा आइतबार दिउँसो चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं नागार्जुन नगरपालिका २ देवनगर डेरा गरी बस्ने गुल्मी घर भएकी ३२ वर्षीया अनिता खत्रीको कोठाबाट नगद २० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
त्यस्तै काठमाडौं महानरगपालिका २६ म्हैपी देबुमार्ग डेरा गरी बस्ने तेह्रथुम नामलुङ नगरपालिका ४ घर भएका ४१ वर्षीय दुख बहादुर बुढाथोकीको कोठाबाट नगद ८० हजार रुपैयाँ तथा सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएकोे छ ।

 

प्रतिक्रिया दिनुहोस्