Logo

सुनको भाउ स्थिर


१० फागुन ०७७, काठमाडौं । सुनको भाउ सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोाला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । साताको पहिलो कारोबार दिन सुन तोलामा ८०० रुपैयाँले बढोत्तरी भएको थियो ।

सुनको मूल्य स्थिर रहेतापनि चाँदीको भाउ भने सोमबार वृद्धि भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३३० रुपैयाँ तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने सोमबार सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । सो बजारमा आज सुन प्रति अउन्स चार डलर भन्दा बढिले बढेर प्रति अउन्स एक हजार ७८९ डलरमा किनबेच हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्