Logo

जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दियो, महिलाको मृत्यु


तस्बिरः विकिपिडिया

१० फागुन ०७७, ललितपुर। ललितपुर जावलाखेल चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । जावलाखेल चोकमा सोमबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा घाइते महिलाको उपचारका क्रममा अल्का अस्पतालमा ज्यान गएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ज्यान गुमाउने महिलाको पहिचान खुल्न नसकेको छैन् ।

बा २ ख ३५७४ नम्बरको बसले प्रदेश ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बस चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्