Logo

जावलाखेलमा मृत्यु भएकी युवती उदयपुरकी सिर्जना राई

१० फागुन ०७७, ललितपुर। ललितपुरको जावलाखेलमा बसले किचेर मृत्यु भएकी युवती उदयपुर कटारीकी २३ वर्षीया सिर्जना राई भएको खुलेको छ ।

जावलाखेलबाट भैंसेपाटीतर्फ जाने क्रममा ट्राफिकले चेकजाँच गरिरहेको स्थानमा स्कुटर दुर्घटना भएर बसले किच्दा राईको ज्यान गएको हो।

ट्राफिकले चेकजाँचका लागि स्कुटर रोक्दा सँगै आएको यात्रुबाहक बसको मुनि परेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।
मृतक युवती ललितपुरकै बागडोलमा पसल गरेर बस्दै आएकी थिइन्।

प्रहरीले जावलाखेलबाट एकान्तकुनातर्फको सडकमा चेकजाँच गरिरहेको थियो। प्रहरीले गाडी र चालक दिनेश खड्कालाई नियन्त्रणमा लिएको छ। आफन्तले भने ट्राफिक प्रहरीको लापरबाहीले ज्यान गएको भन्दै विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्