Logo

नेवारी भाषा बोलेको विवादपछि बालाजुका २ जना पक्राउ


१४ फागुन ०७७, काठमाडौं । काठमाडौंको वालाजुबाट नेवारी भाषा बोलेको भन्दै २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । स्थानीय रविन्द्र कुमार श्रेष्ठका अनुसार सुमन सायमी विरोचन श्रेष्ठलाई वालाजु क्षेत्रबाट पक्राउ परेका अभियुक्तहरुलाई भेट्ने क्रममा नेवारी भाषा बोलेको र प्रहरीले नबोल्न आदेश दिदा विवाद भएपछि पक्राउ गरिएको ललितपुर खबरलाई जानकारी दिए ।
केही दिन अघि वाईपास क्षेत्रमा निर्माणाधिन वालाजु सुचना केन्द्र बनाएको विरोधमा ६ जना अभियन्ताहरुलाई पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।
अदालतले स्टे अडर दिएको ठाउँमा काठमाडौं महानगरपालिकाले सुचना केन्द्र बनाउने कार्य सुरु गरेपछि अभियन्ताहरुले विरोध गरेका थिए ।
काठमाडौंका सम्पदा अभियान्ता श्रेष्ठका अनुसार भिमदेव श्रेष्ठ,महेश्वर मानन्धर, रुक्षित श्रेष्ठ, संजय तामाङ, मनोज श्रेष्ठ, , मीन शाही, निरन्जन श्रेष्ठलाई पक्राउ गरिएको छ ।
अभियान्ता श्रेष्ठका अनुसार अदालतले स्टे अडर दिएकोे ठाउँमा सुचना केन्द्र बनाउन खोजेपछि रोक्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई वालाजु पक्राउ गरे पनि अहिले सोह्र खुट्टेमा राखिएको छ ।
केही बर्षअघि यस क्षेत्रमा सडक विस्तार आयोजनाले ३९ वटा स्थानीयबासीहरुको घर भत्काएर सडक विस्तार गरेको थियो । त्यही ठाँउमा काठमाडौं महानगरले बजेट विनियोजन गरेर सूचना केन्द्र बनाउदै थियो ।
शर्त सहित रिहा हुन अस्विकार
पक्राउ गरेका अभियन्ताहरुलाई प्रहरीले अवदेखि यस्तो गल्ती नगर्ने शर्तमा रिह ागर्न खोजे पनि अभियन्ताहरुले आफूहरुले कुनै गल्ती नगरेको भन्दै गल्ती अस्विकार गरेपछि प्रहरीले म्याद थपेको श्रेष्ठले ललितपुर खबरलाई जानकारी दिए । पक्राउ गरिएको अभियन्ताहरुलाई ५ दिन म्याद थप गरिएको छ ।
आज माइतीघरमा प्रर्दशन हुँदै
सूचना केन्द्र निर्माण र अभियन्ता पक्राउको विरोधमा शुक्रबार विहान १० बजे प्रर्दशनको आयोजना गरिएको छ । बृहत नागरिक आन्दोलन,उपत्यका व्यापी सडक विस्तार पिडित संर्घष समिती,नेवा देय्दवुले आयोजना गरेको प्रर्दशनमा उपत्यकाका नेवारी समुदायहरुको सहभागीता रहने श्रेष्ठले जनाकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्