Logo

लेलेको च्याउ फममा आगो लगाइ दिएपछि …

ललितपुर खबर
१६ फागुन ०७७, लेले ललितपुर । ललितपुर लेल सरस्वती कुण्ड नजिकै एक च्याउ फममा अज्ञात व्यक्तिले आगो लगाइदिएको छ । शुक्रबार राती च्याउ फममा पसेर आगो लगाउदा ३ वटा टहरा पूर्ण रुपमा नष्ट भएको छ भने अरु ३ वटा टहराको च्याउमा आशिंक क्षति पुगेको छ ।
श्याम दुलाल र शैलेन्द्र श्रेष्ठको संयुक्त लगानीमा सञ्चालित यो च्याउ फर्ममा ३० लाख लगानी रहेको दुलालले बताए । उनले भने, यसमध्ये १५ लाख रुपैयाँ बराबरको च्याउ पूर्ण रुपमा नष्ट भएको हो । दुलालका अनुसार च्याउ फममा बाँधेको डोरी काटेर फ्याक्दा नष्ट अन्य ३ वटा फमको च्याउ समेत नष्ट भएको छ ।
दुलालले भने,‘३ वटा फममा आगो लाइएको छ । भने ३ वटा फममा पसेर पाते च्याउ फर्मको डोरी काटेर फ्याकिएको अवस्थामा फेला परेको छ ।’
दुलालले फममा आगो लागेको फेला परेपछि इलाका प्रहरी कार्यालय लेलेमा उजुरी दिएका छन् ।
आगलागीको अघिल्लो दिन फममा काम गर्ने कामदारसँग झगडा परेको दुलालले ललितपुर खबरसँग बताए । उनीहरु शनिबार काममा भने नआएको दुलालले बताए । दुलालले भने, ‘हामीसँग खासै कसैसँग रिसइवि चाँही थिएन । खै कसले यस्तो ग¥यो भन्नै सकिन्न ।’
च्याउ फमको इन्सुरेन्स नगरेका दुलालले दुखेसो पोख्दै भने, ‘हामीले इन्सुरेन्स गरेका थिएनौै । आगलागीको इन्सुरेन्स गरेको भए पनि नपाइने रहेछ ।’
आगलागी घटनापछि च्याउ सँघका कावा अध्यक्ष चित्र  तिमल्सिना सहितको टोलीले निरिक्षण गरेको थियो ।
प्रहरी चौकी लेलेका प्रसनी शिव दसौतीले उजुरी आएसँगै अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्