Logo

ललितपुरको मंगलबजारमा एकतर्फी सवारी निषेध

मंगलबजार सडक । फाइल तस्विर : ललितपुर खबर

१८ फागुन ०७७, मंगलबजार । ललितपुरको लगनखेल क्षेत्रबाट मंगलबजार जाने सडक एकातर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले विज्ञप्ती प्रकाशन गरेर यो सडक एकातर्फी गरिएको जानकारी दिएको हो । मंगलबजारबाट मछिन्द्र बहाल,इखालखु र लगनखेल तर्फ जाँदा सडकमा सबै खाले सवारी सधानहरु एकातर्फ हुनेछन् ।
साँधुरो सडक, फुटपाथ पसल र अत्याधिक पैदलयात्री हिड्ने यो सडकमा सधै जाम हुने गर्दछ । महानगरपालिकाले बिहान ८ बजेदेखि राति ८ बजेसम्म एकातर्फ रुपमा सडक प्रयोग गर्ने गरी व्यवस्था मिलाएको जानकारी दिएको हो ।
महानगरपालिकाले केही समयअघि सडकपेटीमा व्यापार गर्न बन्देज लगाएको भए पनि कार्यान्वयन गर्न सकेको छैन । यिनै फुटपाथ पसलमा किनमेल गर्न आउने उपभोक्ताहरुले सडक र पेटीमा जथाभावी पार्किङ गर्दा पनि जामको समस्या बढेको ट्राफिक प्रहरीको भनाई छ ।


पैदल यात्रीलाई अवरोध हुने गरी पार्किङ गरिउको पाइए सवारीधनीलाई कारवाही गर्न लागेको महानगरले जानकारी दिएको छ ।
पाटन क्षेत्रमा धेरै मन्दिरहरु र पुरातात्विक क्षेत्र रहेका कारण पर्यटकहरुको आवागमनमा समेत बाधा उत्पन्न भइरहेको छ । केही समयअघि पुल्चोकबाट पाटनढोकातर्फ जान नपाइने गरेर निषेध गरिएको थियो ।
पुल्चोकमा पर्यटक बस राखेपछि पैदल यात्रा गर्ने पर्यटकहरुलाई समेत अत्याधिक जामका कारण समस्या भइरहेको थियो । यहाँका मन्दिरहरुमा समेत विहान बेलुका पैदल हिडेर जाने दर्शनार्थीहरुलाई समस्या पर्ने गरेको गुनासो सुनिने गरिन्थ्यो । महानगरले सम्पदा क्षेत्रमा पैदल हिड्ने यात्रु लाई प्राथमिकत्तामा राखेर एकातर्फ सवारी निषेध गर्ने नीति लिएको बताउदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्