सुनको मूल्यमा भारी गिरावट
१८ फागुन ०७७, काठमाडौं । सुनको भाउ मंगलबार एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ । सोमबार तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।