Logo

गोदावरी सडक अर्धकल्चो कालोपत्र (तस्विरहरु)


१९ फागुन ०७७, गोदावरी । ललितपुरको गोदावरी सडक अर्धकल्चो कालोपत्र सुरु गरिएको छ । ललितपुरको टौखेलबाट सुरु गरिएको कालोपत्र बीच बीचमा छोडेर ४ ठाँउमा कालोपत्र गरिएको ठेकेदार कम्पनीका एक प्रतिनिधिले ललितपुर खबरलाई बताए ।
यस सडकमा सोमबारबाट कालोपत्र सुरु गरिएको हो । उनका अनुसार सोमबाट टौखेलदेखि गोदावरी सडक बन्द गरेर कालोपत्र गरिएको थियो । मंगलबार भने आँशिक गाडी संचालन गरेर कालोपत्र गरिउको थियो ।
गोदावरीका स्थानीय अमन महर्जनले ठेकेदार कम्पनीले आधा छोडेर कालोपत्र गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने,बीचको २ लेन मात्र कालोपत्र गरिएको छ । त्यो पनि ठाँउ ठाँउमा छोडेर । यसरी काम गर्दा सडक बलियो हुदैन ।


अहिले ८ सय मिटर सडक कालोपत्र ठेकेदार कम्पनकिा एक प्रतिनिधिले बताए । उनले भने, ‘अर्को लट १५ दिनपछि सुरु हुने कुरा छ ।’
विद्युत्को पोल पार्ने काम र गोदावरी खानेपानी विस्तारको काम पनि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाकै काम भएको साइट सुपरभाइचर दिपक भट्टले बताए । समयमा काम नहुँदा सडक कालोपत्र गर्न समस्या भएको स्विकारे । उनले भने ,‘सडक विस्तारकै आयोजनामा निरौला कन्ट्रक्सनले १ करोड ९० लाख रुपैयाँलाई ठेक्का पाएपछि काम गरिरहेको छ ।’
विद्युत् प्राधिकरणले पोल नसार्दा र खानेपानीले पाइप नबनाउदा सबै ठाँउमा कालोपत्र गर्न नसकिएको बताए । उनले भने, ‘हामीले सडकमा ग्राइभेल राखेर पेलेपछि खानेपानीले सडक खनेर पानीको पाइप राख्न सुरु ग¥यो । पानीले सडक हिलो भएपछि कालोपत्र गर्ने कुरा आएन ।’
गोदावरी नगरपालिका ३ भित्र १६ मिटर सडक विस्तार गर्ने योजना अघि सारेर काम भएको हो । यो मापदण्डभित्र रहेको घरहरु छोडेर कालोपत्र गर्न सुरु गरिएको भट्टले बताए । उनले भने, ‘हामीले जग्गाको मुआव्जा र षतिपूर्ति दिएका थिएनौं । त्यसैले काम गर्न साह्रै गाह्रो भयो ।’
३ वर्षअघि लामा समानान्तर जेभिले ठेक्का पाएको यो सडक एक वर्ष आधा काम गर्न नपाएको बताए । उनले भने,‘सडक विस्तार नभई ठेक्का लगाउदा कामै भएन ।’
समयमै काम नहुनुमा भट्ट स्थानीयबासीले गरेको अवरोधलाई दोष दिन्छन् । भन्छन्, ‘सडक विस्तार गर्ने क्रममा याँहाका स्थानीयले धेरै अवरोध गरे । डोजर र कामदारमाथि आक्रमण भयो । कर्मचारीहरुलाई खेद्ने काम भयो । प्रहरी लगाएर काम गर्न बाध्य भइयो ।’


केही समयअघि यस सडक विस्तारको क्रममा स्काभेटर चालकको हात भाचिएको थियो । अहिले पनि जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा चलिरहेको छ । केही दिअघि टौखेलमा मन्दिर छोइएको विवादमा जेसिभि फुटाएका थिए । सडक विस्तार आयोजनाका भट्ट आफूहरुले धेरै धम्की खेपेर काम गरेको दावी गर्छन् ।
ठेकेदार कम्पनीले पहिले सार्वजनिक जग्गामा काम सुरु गरेको उनले बताए । उनले भने, ‘नयाँ पाइप राख्दा पाइप फुटेर समस्या आयो । बनाउनेले बनाइदिएन ।’
कोरोना माहामारीका कारण मंसिरका सकिएका ठेक्का अवघि ६ महिना थपिएको भट्टले बताए । उनले भने नयाँ बर्षसम्म धेरै काम सकिएला ।


अहिलेसम्म १ सय १० वटा रुख काटिएको उनले बताए । उनले भने,‘नोवल अस्पतालनजिकै रहेको सडकमा रहेको रुख स्थानीयबासीले काट्न नदिदा अप्ठ्यारो छ ।’
पोल सारिएको भएपनि लाइन विस्तार नगर्दा समस्या भएको लामा समानान्तर जेभिका साइट इन्जिनियर मुकेश सुवालले बताए । उनले भने, ‘विद्युत् प्राधिकरण काम गर्न आएको छैन ।’
सडक विभागका इन्जिनियरका मनिष मिश्रका अनुसार खानेपानी, विद्युत्, रुख काट्ने समस्याका कारण एकै पल्ट काम हुन नसकेको बताए । उनले भने, ‘हामी सबै काम विस्तारै गर्छौं सरकारकै सहमतीमा आधा कालोपत्र भएको हो ।’

उनका अनुसार कर्मनासा पुलदेखि हाडी गाँउसम्म ४ किलोमिटर सडक यथास्थिीमा कालोपत्रको काम सुरु भएको छ । हाडीगाँउबाट गोदावरी वसपार्कसम्म ४ किलो मिटर सडक १६ मिटरविस्तार गरेर कालो पत्र हुन लागेको छ । मिश्रले् भने,‘सरकारी जग्गा भएको ठाँउमा २२ मिटर नै सडक विस्तार भएको छ ।’

सरकारले निर्माण गरेको गोदावरी अन्र्तराष्ट्रिय सभा हल अन्तिम चरणमा पुगे पनि सडकको अवस्था नाजुक भएपछि ठेकेदार कम्पनीलाई त्यसको दवाव परेको भट्ट बताउछन् । उनी भन्छन्, ‘बैशाखसम्म त्यो सभा हलको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि नै सडक कालोपत्र गर्ने हाम्रो योजना हो । नभए बीचको दुई लेन कालोपत्र गरेर घुलो नउड्ने बनाउदैछौं ।’

प्रतिक्रिया दिनुहोस्