Logo

निशु जोशीले जितिन् नेपालगञ्ज तस्विर प्रतियोगिता

बर्दिया र कैलालीको बीचमा रहेको कर्णाली नदी पार गर्नका लागि पुल नभएपछि कैलालीको टीकापुरबाट पाताभार, बर्दिया आउने मानिसहरू डुंगा (स्टीमर)को प्रयोग गर्न बाध्य छन् । तस्बिर : निशु जोशी

२१ फागुन ०७७, नेपालगञ्ज । नेपालगंज फोटो फेस्टिबलमा आयोजित तस्विर प्रतियोगितामा निशु जोशीको तस्विर यस बर्षको उत्कृष्ट तस्बिर घोषणा भएको छ । बर्दिया र कैलालीको बीचमा रहेको कर्णाली नदी तर्नका लागी संकटीघाटमा डुंगा (स्टीमर) चढ्दै गरेको तस्बिरले यो बर्षको तस्विर प्रतियोगिता जितेको हो ।
अमित रावलको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा भएको दीक्षान्त समारोहमा मुस्कुराईरहेको प्रहरी फोटोले नेपाल स्माईल बिधाको विजेता भएको छ भने बरम बुढामगरको धार्मिकस्थल झिमा बराहक्षेत्र तस्बिरले सस्कृति र पर्यटन विधामा विजेता बन्न सफल भएको छ ।
दैनिक जनजिवन बिधामा मैत्या घर्ती मगरको चिसो भुईंमा बसेर परीक्षा दिँदै महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरूको तस्बिर बिजेता बन्दा विक्रम बुढाक्षेत्रीको फुटबल खेलको तस्बिर खेलकुद बिधामा बिजेता भएको छ ।
प्रदिप चौधरीको कोरना उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भई घरतर्फ जादै गरेको तस्बिर समाचार बिधामा बिजेता भएको छ । रोहन चौधरीको ड्र्यागन फलाईको तस्बिरले वन्यजन्तु र प्रकृति बिधामा बिजेता बन्न सफल भएको छ ।
प्रत्येक बिधाको उत्कृष्ट तस्विरलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट फोटोलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको दोश्रो नेपालगंज फोटो फेस्टिबलको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउका छन् ।
फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीको अध्यक्षता भएको निर्णायक मण्डलले बिजेता सहित उत्कृष्ठ १ सय २ तस्बिरहरुको छनौट गरेको हो । यस उत्कृष्ठ तस्बिरहरुको प्रर्दशनी होटल बाटिकामा फागुन १९ गते बुधबारसम्म हुनेछ ।

आर्शीवाद पेन्ट्स, डुडुवा गाँउपालिका, सिने रोयल,सफल मोटर पार्टस्, एचसीआरसी हस्पिटल लगायतको सहकार्यमा भएको फोटो फेस्टिबलमा उत्कृष्ट फोटोहरुको प्रर्दशनी तथा अन्तक्रिया कार्यक्रम रहेको छ ।
अन्तरालको आयोजना र रक्षक सेक्युरिटीजको सहकार्यमा नेपालगंजको होटल बाटिकामा आयोजना गरिएको यो दोश्रो तस्विर प्रतियोगिता हो । लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका फोेटोहरु समाबेश हुन पाउने गरीे ६ बिधामा फाटो प्रतियोगिता आयोजना भएको थियो ।

सस्कृति तथा पर्यटन, दैनिक जनजिवन, समाचार, नेपाल स्माईल , वन्यजन्तु तथा प्रकृति , खेलकुद र फोटो कथा गरि ७ विधामा करिब १ सय फोटोग्रफरहरु बाट झण्डै ४ सय फोटोहरु प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्