Logo

ललितपुरमा रहेको म्यानमारको दूतावास अगाडि प्रदर्शन


२१ फागुन ०७७, ललितपुर । नागरिक अगुवाहरूले शुक्रबार म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरमा प्रदर्शन गरेका छन् । नागरिक अगुवाहरूले ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरमा ललितपुरमा रहेको म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका नागरिकको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गरु लगायत लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए भने आ–आफ्नो तीन वटा औँला देखाएर प्रदर्शनमा उत्रिएका थिए ।प्रदर्शनमा नागरिक अगुवाहरू खगेन्द्र सङ्ग्रौला, डाक्टर गोविन्द केसी, नारायण वाग्ले, युग पाठक लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्