Logo

रोचक कुरा : जहाँ छ ढुंगाको मुटु


२४ फागुन ०७७, इटहरी । मन र मायाँ नहुनेहरुलाई ढुंगाको जस्तो मुटु भएको भनेर सम्बोधन गरिन्छ । तर मुटु कसैको ढुंगाको हुँदैन ।
केही समयअघि भने इटहरीको प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा ढुंगाको मुटु बनाइएको छ ।
यो ढुंगाको मुटुको प्रतिमूर्ति इजरायल कालाकार तान्या प्रेमिन्जरले ढुङ्गालाई कुँदेर बनाएका हुन् । विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा मूर्ति बनाइएको हो । अहिले यो मर्ति तालतलैयाको मुख्य आकर्षण भएको छ ।
यो तस्बिर राष्ट्रिय समाचार समितकिा लागि पत्रकार विराट अनुपमले लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्