Logo

गोटिखेलको ‘त्रिवेणी होमस्टे’पाहुनाको सेवा गर्दै

होमस्टे ।

ललितपुर खबर
५ चैत्र ०७७, गोटिखेल । दक्षिण ललितपुरको पर्यटकीय स्थल कोलेश्वर, वैर्तणी धाम अनि सिम्बा झरना घुम्ने योजनामा हुनुहुन्छ । चिन्ता नलिनुस्, दक्षिण ललितपुरको गोटिखेलमा सञ्चालित त्रिवेणी होमस्टे पाहुनाका लागि हाजिर छ ।
२०७५ सालदेखि सञ्चालित गोटिखेलस्थित वैर्तणी धामसँगै जोडिएको त्रिवेणी होमस्टेमा आफ्नै करेसाबारीको खानेकुरा पाक्ने होमस्टेका संचालक इश्वर तिमल्सिना बताउछन् । भन्छन्, ‘हामी बारीकै ताजा र अर्गानिक तरकारी पकाउछौं । मकै चामल पनि यहीको हो । यहाँ नहुने नून मसला प्रयोग होला । हामी पाहुनालाई आफ्नै चुलोमा पाकेको खाना खुवाउछौं ।’

गोटिखेलस्थित वैर्तणीधाम । लेन्स : ललितपुर खबर

वैर्तणी धाममा आउने धार्मिक पर्यटकहरुलाई खान बस्न सेवा सुरु गरिएको तिमल्सिनाले बताए । उनले भने, ‘बैर्तणी धाममा आएका धार्मिक पर्यटकलाई बस्न छुट्टै बस्न व्यवस्था छ । ग्रुपमा बसाउन सकिन्छ ।’ आफ्नो होमस्टेमा घुम्न आउने र धार्मिक पर्यटक उत्तिकै आउने तिमल्सिनाको भनाई छ ।
त्रिवेणी होमस्टेका पाहुना वैर्तणीधाम आउने धार्मिक पर्यटक हुन् । दक्षिण ललितपुरमा कार्यरत रिकोडलगायत एनजिओ आइएनजिओका कर्मचारी पनि यही होमस्टेमा बस्छन् । कालेश्वर, सिम्बा र पालाजु झरनामा आउने आन्तरिक पर्यटक पनि यो होमस्टेमा बस्छन् ।
यो होमस्टेमा चौविसै घण्टा जरुवाको पानी आउछ । ९ वटा कोठा रहेको यो होमस्टेमा तातो चिसो पानी र वाईफाई पनि छ । स्थानीय जलविद्युत्को विजुली बालिएको हुँदा विजुली बत्ती कहिले पनि निभ्दैन । एकान्त अनि खुला ठाँउमा रहेको होमस्टेबाट टुंगुन खोला सुसाएको सुन्न सकिन्छ । गोटिखेल बजारको रमणिय दृश्य हेदै दिन विताउन पाइन्छ । बेला बेलामा बैर्तर्ण धाममा शंख घण्ट बजेको आवाज सुनिन्छ ।

होमस्टेका सञ्चालक इश्वर तिमल्सिना ।

यहाँबाट माँकाल मन्दिर नजिकै छ । सिम्बा झरना र पालाजु झरना जाने मोटरबाटो नजिकै छ । रात बसेर कालेश्वर गाडीमा जान आधा घण्टा मात्रै लाग्छ । दाउरामा पकाएको खाना मिठो र पोसिलो हुन्छ ।
होमस्टेसँग ५ वर्षको लागि सम्झौता भएको विदेशी पर्यटकहरुले कोरोना माहामारीका कारण खारेज नै गर्दा आफूलाई क्षति भएको संचालक तिमस्सिना बताउछन् । ‘केही समय कोरोना माहामारीले दुःख दिए पनि आजकल पाहुना आउन थोलेका छन्’ तिमल्सिना भन्छन् ।
विदेशीहरुले नेपालीहरुको जनजीवन बुझ्न चाहेर होमस्टेमा बस्न चाहेको उनको बुझाई छ । नेपालीहरुले खाना पकाएको र काम गरेको देखेर विदेशी पर्यटक खुशी भएको उनले बताए ।
सादा खानाको १ सय २० रुपैयाँ र बस्न समूहमा आए १ हजार रुपैयाँ लिने गरेको तिमल्सिना बताउछन् । भन्छन्, ‘महँगौ छैन ।’ बैर्तणी धाममा आउने आगन्तुक अलपत्र पर्न थालेपछि उनले होमस्टे सेवा सुरु गरेको तिमस्सिना बताउछन् ।

प्रतिक्रिया दिनुहोस्