Logo

दक्षिण ललितपुरमा ढकमक्क फुल्यो लालीगुराँस (तस्विरहरु)

ललितपुर खबर
५ चैत्र ०७७,टंगुन । दक्षिण ललितपुरको लेकमा लालीगुराँस ढकमक्क फुलेको छ । कोञ्ज्योम गाँउपालिका र माहाँकाल गाँउपालिकाको सिमानामा पर्ने फुल्चोकी आसपासका जंगलमा ढकमक्क लालीगुराँस फुलेको देख्न सकिन्छ ।


ललितपुरकै दलचोकी तीनपाने र कालेश्वर जंगलमा पनि उत्तिकै लालीगुराँस फुलेको चौघरेका विकाश तामाङ्गले बताए । उनले भने, ‘अघिल्ला बर्षभन्दा अहिले केही कम फुल फुलेको छ ।’ मंसिर पुसमा पानी नपर्दा फूल कम फुल्ने उनले बताए ।
ललितपुरको तीनपाने, देविचौरको देउराली, भट्टेडाँडाको छपेलीलेकमा समेत राताम्मे फुल फुल्ने गरेको छ । पछिल्ला समय गुराँस फुल्ने सिजनमा आन्तरिक पर्यटकको चहल पहल बढ्ने गरेको छ । यस क्षेत्रमा गुरास हेर्न र मन बहलाउन काठमाडौं उपत्यकाका युवा युवतीहरुको भीड लाग्ने गरेको छ । तस्विरहरु ः ललितपुर खबर

टुंगुन लेकमा फुलेको लालीगुराँस । लेन्स : ललितपुर खबर

प्रतिक्रिया दिनुहोस्