Logo

खुल्यो माहाँकाल गाउपालिकाको ताला, आन्दोलन आँशिक स्थगित

तालाबन्दी गर्दै युवाहरु ।

ललितपुर खबर
१० चैत्र ०७७, ललितपुर । माहाँकाल गाउपालिका कार्यालयमा लगाएको ताला खुलेको छ । गाँउपालिका संर्घष समितीका सदस्य उमेश घलेका अनुसार सहमतीपछि गाँउपालिकाको मुल ढोका र उपाध्यक्ष कमला लामा तामाङ्गको कार्यकक्षमा लगाएको ताला खोलिएको हो । घलेका अनुसार अध्यक्षको कोठामा लगाइएको ताला भने खोलिएको छैन ।
संर्घष समितीले नेकपा एमाले माहाँकाल गाँउपालिकाले निकालेको विज्ञप्तीमाथि असहमती जनाउदै ताला खोल्न मानेका छैन । घलेका अनुसार एमालेले अर्को विज्ञप्ती निकालेर खण्डन गरेसम्म ताला नखोल्ने अडान लिएको छ ।
गाँउपालिकाकी उपाध्यक्ष कमला लामा तामाङ्गले गाँउपालिकामा लगाइएको ताला खोलिएको पुष्टि गरिन् । उनले भनिन्, ‘३ बुदामा सहमती भएको छ ।’उपाध्यक्ष तामाङ्गका अनुसार कार्यविधि बनाएर खेलकुद समिती बनाउने आर्थिक हरहिसाव सार्वजनिक गर्ने र सबै सूचना सार्वजनिक गर्ने सहमती भएको हो ।
समितीका संयोजक निरञ्जन घिमिरे र सचिव अम्बर परियारको हस्ताक्षरमा जारी विज्ञप्ती अनुसार नागरिकहरुको जीवन सहज बनाउन गाँउपालिकासँग भएको वार्तापछि मागहरु पूरा गर्न सहमती जनाएपछि ताला खोलिउको हो । मागहरु पुरा नभएसम्म अध्यक्षको कार्यालयमा लगाइएको ताला भने नखोल्ने उल्येख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्