Logo

भक्तपुरमा तास खेल्ने ८ युवा पक्राउ


१० चैत ०७७,भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीमा ८ जना युवाहरु तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । यसै स्थानमा बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा यसै ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६५ हजार १ सय ८० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुका सन्र्दभमा प्हरीले विस्तृत अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्