Logo

काठमाडौंको जडिबुटीमा गाडी पकिङ्ग गर्ने क्रममा किच्दा एकको मृत्यु

१० चैत्र ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित खाली जग्गामा रहेको मोटर ग्यारेजमा पार्किङ गर्ने क्रममा ना।५ ख ४८०० नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन, नखुलेका करिब २२ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ । बसका सहचालकले बस पार्किङ गर्ने क्रममा ती पुरुषलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्