Logo

पठाओले भन्यो, ‘हाम्रो कपडा नलगाउ’

राजधानीको बानेश्वर सडकमा यात्रु कुर्दै पठाओ मोटरसाइकल सेवाका ड्राइभरहरु । पछिल्लो समय राजधानीमा प्रविधिमार्फत यात्रुसँग सम्पर्क गरेर मोटरसाइकलमा ओसार्ने चलन बढदै गइरहेको छ । सार्वजनिक यातयातको रुपमा दर्ता भएका टयाक्सीले यस्ता नीजि यातयातले अनुमती बिना यात्रु ओसारेको भन्दै विरोध गर्दै आएका छन ।

१० चैत्र ०७७, काठमाडौं । सरकारको निर्देशनसँगै दुई पाङ्ग्रे सवारी मोटरसाइकलमार्फत ट्याक्सी सेवा दिदै आएको पठाओ कम्पनीले आफूले वितरण गरेको प्रोटेक्टिभ गियर (पठाओ कपडा) प्रयोग नगर्न निर्देशन जारी गरेको छ ।
मंगलबार विज्ञप्ती जारी गरेर कोरोना संक्रमणसँगै माहामारीबाट जोगिन प्रयोग गर्दै आएको यो कपडा नलगाउन र लगाएको खण्डमा प्रशासनले कारवाही गर्ने र यो अवस्थामा कम्पनी जिम्मेवार नहुने भन्दै यो निर्देशन जारी गरेको हो ।
सरकारी निकायसँगको छलफलमा अफलाइन राइडरको विकृतिलाई रोक्न भन्दै यो निदेश्न जारी गरेको हो । राजधानमिा मंगलबार पठाओ र ट्याक्सीबीच यात्रु एक अर्काले बोक्ने प्रतिश्पर्धा हुदा झडप भएसँगै यो अवस्था आएको बताइएको छ । मोवाइल एप्लिकेशनबाट सम्पर्क नगरी सडकबाट सिधै यात्रु उठाउदा ट्याक्सी आक्रोशित हुने अवस्था आएपछि पठाओको ड्रेस विवाद आएको हो । सिस्टमबाट नआउने यात्रुसमेत पठाओले बोक्न थालेको भन्दै पछिल्लो समय ट्याक्सि व्यावसायी रुष्ट छन् ।्पठाओ नेपालका निर्देशक असिममान सिंह बस्नेतले विज्ञप्ती प्रकाशन गरेर यो निर्देशन गरेका हुन् ।
पछिल्लो समय नीजि सवारीको रुपमा प्रशासनमा दर्ता भएका दुई पाङ्ग्रे सवारी मोटरसाइकलले ट्याक्सी जस्तै सेवा दिन मिल्ने कानूनी आधार नभएको भन्दै ट्याक्सी व्यावसायीहरुले विरोध गर्दै आइरहेका छन् । ट्याक्सी चलाउने चालक झैं पठाओ कमप्नीले कोरोना संक्रमणको बेला सुरक्षा बस्त्रको रुपमा कपडा वितरण गरेपछि ट्याक्सी व्यावसायीहरु थप आक्रोशित थिए ।

 

प्रतिक्रिया दिनुहोस्