Logo

दक्षिण ललितपुरको मानिखेलमा दाँते ओखार र स्याउ खेती सुरु

Ripe green apples on branch, close-up

ललितपुर खबर
११ चैत्र ०७७, मानिखेल । दक्षिण ललितपुरको माहाँकाल २ मानिखेलमा दाँते ओखर र फुजी सयाउ खेती सुरु भएको छ । माहाकाँल गाँउपालिकाको २ लाख रुपैयाँको अनुदानमा किनिएको विरुवाबाट यो खेती सुरु भएको हो ।
यो बर्ष मात्रै २ सय पचास दाँते ओखर र उति नै संख्यामा फुजी स्याउ वितरण वितरण गरिएको वडाध्यक्ष स्याङ्गतानले ललितपुर खबरलाई जानकारी दिए । उनले भने,‘पहिले मैले लगाएको १ बोटबाटै १५ हजार रुपयाँको दाँते ओखर बिक्रि गर्न सफल भएपछि स्थानीय बासिन्दालाई व्यावसायिक खेती सुरु गर्न वितरण गरिएको हो ।’ भन्छन्, अहिले पनि कतवन भञ्ज्यनङ्गमा एउटा बोट लगाइएको छ । त्यो दिपेर बेच्ने हो भने १० हजार रुपैयामा बिक्रि हुन्छ । दाँते ओखरको स्थानीय बजार राम्रो भएकाले किसान आर्कर्शित हुने उनले बताए । उनले आफूले व्यक्तिगत रुपमा किनेर ६० बोट लगाएको जानकारी दिए ।
केही समयअघि यो विरुवा कालिकोटको कर्णाली जडिबुटी विरुवा उत्पादन नर्सरीबाट ल्याइएको हो । १२ सय देखि २ हजार १ सय मिटरको हावापानीमा उत्पादन हुने स्वाउ दक्षिण ललितपुरमा फल्ने ग्यारेन्टी दिएकाले किनिएको स्याङ्गतानले बताए ।उनका अनुसार नर्सरीले २ वर्षसम्म विरुवाको रेखदेख समेत गर्नेछ ।
दक्षिण ललितपुरको महाकाल गाँउपालिकामा तोरी र मकैको विकल्पमा अन्य खेती गर्ने हो भने मनग्गे आम्दानी हुने वडाध्यक्ष स्याङ्गतानले बताउछन् । पछिल्लो समय मानिखेलमा लोठसल्ला र चिया खेती समेत विस्तार भइरहेको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्