Logo

ललितपुरसहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढ्यो

ललितपुरको लेलेबाट देखिएका अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ उपत्यकाको दृश्य । तस्वीर ः प्रदीपराज वन्त/रासस

११ चैत्र ०७७, ललितपुर । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । विभागकाअनुसार
प्रि–मनसुनको समयमा औषत भन्दा निकै कम वर्षा तथा डढेलो र औद्योगिक गतिविधिका कारण वायु प्रदुषण बढेको हो ।

विभागका अनुसार पछिल्लो केही दिन यता काठमाडौं, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको छ।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो भने ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।
विभागका अनुसार मंगलबार सिमराको एक्वुआई ३०० पुगेको थियो भने हेटौंडामा २५० पुगेको थियो।
ुबुधबार बिहान भक्तपुरमा एक्वुआई २२० र धनगढीमा २२३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्