Logo

मनोहरामा प्रेमीले प्रेमिकालाई मट्टितेल खन्याएर आगो लगाए

प्रतिकात्मक तस्बिर

११ चैत्र ०७७,काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ मा प्रेमीले प्रेमिकालाई मट्टितेल खन्याएर आगो लगाएका छन्।
काठमाडौं बुद्धचोक बस्ने सोलुखुम्बुकी १९ वर्षीया पूजा कार्कीलाई उनकै प्रेमी दोलखाका सुरज श्रेष्ठले गत आइतबार मट्टीतेल खन्याएर आगो लगाएका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रेमिका कार्कीको अनुहार, घाँटीलगायतका अंग जलेका छन्। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रेमिकालाई आगो लगाएपछि प्रेमी श्रेष्ठले आफ्नो शरीरमा समेत आगो लगाएका थिए। उनको कम्मरभन्दा मुनिका भाग जलेको छ। श्रेष्ठको अवस्था सामान्य रहेका र उनको साँखुमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्