Logo

ललितपुरका रात्रिकालीन व्यवसाय राति ११ बजेपछि सञ्चालनमा रोक

ललितपुर खबर, ११ चैत, ०७७ ललितपुर । छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढेसँगै काठमाडौं उपत्यकामा समेत सतर्कता अपनाउन थालिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय ललितपुरले रात्रिकालिन व्यवसाय राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने भएको छ ।
प्रमुख जिल्ला अधिकार ढुण्डी प्रसाद निरौलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(डीसीसीएमसी)को बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले कोभिड–१९ संक्रमण थप फैलन नदिन सबै स्थानीय तहहरुलाई विद्युतीय माध्यम तथा अन्य उपयुक्त माध्यमबाट चेतना मूलक कार्यक्रम सञ्चालन गर्न गराउन अनुरोध गर्ने, कोभिड–१९ संक्रमण सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलायई तयारी अवस्थामा राख्ने, स्यानीटाइजर, माक्स र सोसल डिस्ट्यान्स मापदण्ड पालना गर्न कडाई गर्ने, माक्स नलगाउनेलाई संक्रमक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने र रात्रीकालिन व्यवासयहरु राती ११ बजेपछि सञ्चालनमा रोक लगाउने, व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नुपर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यस्तै फागु पूर्णिमाको अवसरमा भिडभाड हुन नदिने र कोभिड १९ रोकथाम एवं नियन्त्रणको लागि भौतिक दुरी कायम गर्ने लगायन स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नुपर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्