Logo

हिरा ल्याउने भन्दै भारत लगेर बेच्ने बृद्ध पुरुष पक्राउ


१२ चैत ०७७, काठमाडौं । साउदी अरब र नेपालमा २८ वर्षदेखि लुकेर बसेका महिलालाई भारतको कोठीमा लगेर विक्री गर्ने एक बृद्ध फरार अभियुक्त भक्तपुर चाँगुनारायण नगरपालिका ८ जितपुर बस्ने रामशरण पण्डित भन्ने ६८ वर्षीय रामशरण पण्डित क्षेत्रीलाई घटनाको २८ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।
रामशरणले आर्थिक अवस्था कमजोर भएका २ जना महिलालाई विभिन्न व्यक्तिहरूसँग भेट गराई भारतको महाराष्ट्रमा हिरा पाउँछ महिलाले लुकाई नेपाल ल्याउँदा पक्राउ पर्दैन भन्दै भारत लगेका थिए । बाटोमा लाग्ने सबै खर्च हामीले व्यहोर्छौँ र हिरा ल्याए वापत जनही ६ हजार रूपैयाँका दरले ज्याला दिनेछौँ भनि प्रलोभनमा पारी काठमाडौं कलंकीबाट वीरगंजको रक्सौल नाका हुँदै मुम्बई पु¥याई कोठी सञ्चालिकाहरूकोमा बेचेका थिए । २०४९मा लामो समयपछि मुम्बई प्रहरीको सहयोगमा उद्दार भई नेपाल फिर्ता भएपछि २०४९ भदौ १२ गते तत्काल जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी पेश गरेकोमा अहिलेसम्म लुकीछिपी बसेका राशरणलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जनकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्