Logo

ललितपुरमा मास्क नलगाइ हिँडे कारवाही


१२ चैत्र ०७७, ललितपुर । ललितपुरमा मास्क नलगाइ हिँडे कारवाही हुने भएको छ । प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाको नेतृत्वमा बुधबार बसेको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको बैठकले ललितपुर जिल्लाभर कोरोना भाइरस नियन्त्रणका लागि कडाई गर्ने निर्णय गरेपछि मास्क लगाउन अनिवार्य गरिएको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै केन्द्रले मास्क नलगाउनेलाई कारवाही गर्ने भएको हो । बैठकले मास्क नलगाउनेलाई संक्रमण ऐन २०२० अनुसार कारवाही गर्ने, अस्पताल तथा स्वास्थ्य संस्थाहरु तयारी अवस्थामा राख्ने, फागु पूर्णिमामा भिड गर्न नदिने र भौतिक दुरी कामयम गर्ने समेत निर्णय गरेको छ ।
साथै बैठकले जनचेतना कार्यक्रम सञ्चालन गर्ने,क्वारेन्टाइन, आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्ने, सेनिटाइजर, मास्क र भौतिक दुरी कायम गर्ने निर्णय समेत गरेको छ ।
साथै बैठकले जिल्लाभर कोरोना भाइरसको खोपको सन्र्दभमा भएको प्रगति विवरण समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्