टोखामा सेफ्टी ट्याङ्कीभित्र एक पुरुषको शव
११ चैत ०७७,काठमाडौं । टोखा नगरपालिका ३ मेघासिटी हाईटस्थित निर्माणधिन घरको सेफ्टी ट्याङ्कीभित्र काठमाडौं सामाखुसी बस्ने प्युठान मल्लरानी गाउँपालिका ३ घर भएका ४८ वर्षीय कृष्ण मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं नागार्जुन नगरपालिका १३ टंकेश्वर सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।