Logo

अवैध सुनको आंशकामा त्रिभुवन विमानस्थलबाट पक्राउ


११ चैत ०७७, काठमाडौं । अवैध रुपमा लुकाई छिपाई ल्याएको १ थान सुन जस्तो देखिने धातुको टुक्रा र १ थान बाला सहित २ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका ५ स्थायी वतन भएका ३३ वर्षीय रमेश सापकोटा र सिन्धुली सुनकोशी गाउँपालिका ८ स्थायी वतन भई काठमाडौं कपन बस्ने २८ वर्षीय निर्दोश कुमार थिङ रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका राहदानी नम्बर ०९०२६३०८ वाहक सापकोटाले टर्च लाईटभित्रको ब्याट्रिभित्र फल्स बटम बनाई र ल्यापटप ब्यागभित्र लुकाई अबैध रुपमा भन्सार छली ल्याएको उक्त टुक्रा तथा बाला संकलनको लागि उभिएका निर्दोश कुमार थिङलाई दिँदै÷लिदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई उक्त टुक्रा र बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्