Logo

सुनको भाउ सामान्य वृद्धि


१२ चैत्र ०७७, काठमाडौं । सुनको भाउ बिहीबार सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा दुई सय रुपैयाँले बढेर आज सुनको भाउ ८६ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्