Logo

नेपालसहित चार नेताले दिए स्पष्टिकरण

१२ चैत ०७७, काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।
एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ बिहीबार दिएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिइन्ु ।

यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै उहाँहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । “चारै नेताको स्पष्टीकरण पत्र प्राप्त भएको छ”, उनले भनिन्,“पत्रका के जवाफ लेख्नुभएको छ हेरिएको छैन ।” यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहाँहरूले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणको जवाफमा उनीहरूले आफूहरू पार्टी विरोधी गतिविधि नगरेको र नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको जवाफ पठाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले मान्यता नदिएपछि र एमाले र नेकपा (माओवादी केन्द्र) लाई पहिल्यैकै अवस्थामा ब्युताएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तिक्तता पैदा भएको छ । नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले संसद् विघटन गर्ने निर्णयविरुद्ध उभिएका थिए ।

माधवकुमार नेपालकाे स्पष्टीकरण

प्रतिक्रिया दिनुहोस्