Logo

यस्ता छन् कोरोना सङ्क्रमण नियन्त्रण गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको आठ बुँदे सुझाव


१२ चैत ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणबाट जोगिन कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) लाई आठ बुँदे सुझाव दिएको छ ।

बिहीवार विज्ञप्ति निकाल्दै मन्त्रालयले भारत, युरोपेली युनियनलगायतका देशमा कोरोनाको सङ्क्रमण दर बढेको र नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भन्दै सीसीएमसी निर्देशक समितिलाई सुझाव सिफारिस गरेको हो ।

मन्त्रालयले सीसीएमसीलाई तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउन र केन्द्रबाट अनुगमन गर्न सुझाव दिएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य आवागमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउन मन्त्रालयले आग्रह गरेको छ ।

हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्