Logo

अझै उस्तै छ, गोटिखेल बजार


ललितपुर खबर
१३ चैत्र ०७७, गोटिखेल । दक्षिण पुर्वी ललितपुरमा एउटा गाँउ छ, गोटिखेल । पञ्चायती व्यवस्थाको अन्त्यसँगै जुर्मुराएर यो गाँउ शहर बन्ने तर्खरमा थियो । तर यो ठाँउ अहिलेसम्म पनि जमेको छैन । लाग्छ, यो गाँउको अझै शहर बन्ने बेला भएको छैन ।
गोटिखेलका समाजसेवी केशवप्रसाद घिमिरे ‘प्रभु’का अनुसार धेरै बर्ष पहिले गोटिखेल बजारमा शिव मन्दिरसँगै पिपलको रुख थियो । त्यही रुख छेउमा साइला भन्ने व्यक्तिले पसल राखेका थिए । त्यही पसलबाट विस्तार भएको गोटिखेल २०४६ सालसम्म आइपुग्दा गोटिखेलमा सानो बजार बनिसकेको थियो ।
२०४८ सालमा लेले गोटिखेल सडक बनेपछि यो बजार गुल्जार हुन थालेको हो । २०६० सालताका माओवादी द्वन्द्वका कारण बजार सिथिल भए पनि त्यसपछि बढ्दै गयो । तर भुकम्पपछि पुनः बसाई सराई बढ्यो । स्थानीय सरकार आएपछि गाँउका केही पुर्नजागरण आएपनि जनस्तरमा निराशा छ । मान्छे गाँउ बस्न छोडेका छन् ।

गोटिखेलस्थित वैर्तणीधाम । लेन्स : ललितपुर खबरगोटिखेलमै स्टेशनरी व्यावसाय गरेर बसेका नेत्रप्रसाद तिमल्सिना पछिल्लो बजारको अवस्था देखेर निराश छन् ।  तिमल्सिना व्यापारिक हिसावले गोटिखेल बजारमा सुक्दै गएको बताउछन् । ‘चारैतिर पसलै पसल भो । गाडी गाँउसम्मै पुग्छन् । अव याँहा आउनै परेन ।’ उनी भन्छन् । उनका अनुसार ०७२ सालको भुकम्पपछि यो क्षेत्रमा स्थानीय बासिन्दाहरुको बसाई सर्ने प्रवृत्ति बढ्यो । केही वर्ष पहिले मकवानपुर काभ्रेसम्मका मान्छे गोटिखेल बजार आउथे । गाडी चलेपछि त्यो सवै रोकियो ।
गोटिखेलमा बजारमा २ बर्षदेखि सञ्चालिते कोप रिर्सोटका म्यानेजर श्यामकाजी बस्नेत कालेश्वर,वैर्तणी धाम र सिम्बा झरनाले होटल व्यावसाय बढाएको बताउँछन् ।‘हाम्रा ग्राहक स्थानीय होइनन् । पर्यटक आउँछन् ।’उनी भन्छन् ।

गोटिखेलमै ५ करोडभन्दा धेरै लगानी गरेर २ बर्षअघि कोप रिर्सोट खुलेको थियो । तर पछिल्लो समय महिनाको १ सय हाराहारी पर्यटक आफ्नो रिर्सोटमा बस्न आउने उनी बताउछन् । कालेश्वर, वैर्तणीधा र सिम्बा झरनामा पर्यटक आउने अपेक्षा गरेर खोलिएको यो रिसोर्ट पनि सुनसान नै देखिन्थ्यो । रिसोर्टका व्यवस्थापक बस्नेत भन्छन्, ‘हाम्रो मुख्यबजारमा खासै नयाँ घर छैनन् । माहाकाँल विद्यालय र गाँउपालिकालगायत केही भवन बनेका छन् । भुकम्पपछि स्थानीयले फट्टफुट्ट ढलान घर पनि बनाए । तर गोटिखेल शहर जस्तो अझै छैन ।’

दश वर्षअघिसम्म चहलपहल धेरै रहेको गोटिखेलका नारायण प्रसाद तिमल्सिना बताउछन् । भने, ‘त्यस समयमा चापागाँउ जाने नाकाको रुपमा गिम्दीदेखि फापरवारीका यात्रुहरु गोटिखेल भएर जान्थे अहिले मोटरवाटो बनेपछि गोखिखेलको चहल पहल घटेको छ ।’
पछिल्लो समय गोटिखेलमा बसाई सरेर कोही पनि नआएको तिमल्सिना बताउछन् । उनका अनुसार गोटिखेल क्षेत्रमा जग्गा किनबेच छैन । याँहाका स्थानीय पैसा कमाएपछि जग्गा जमिन नबेची शहर पस्ने गरेका छन् । द्वन्द्वकालमा ठप्प भएको गोटिखेल बजार केही बर्षअघि सेवा केन्द्र आएपछि चलहल पहल बढेको भए पनि फेरि भुकम्पपछि फेरि सुनसान हुन थलेको हो । गोटिखेलमा जग्गाको मोल पनि खासै बढेको छैन । केही समयअघि माहाँकाल गाँउपालिकाले ६ लाख ५० हजार प्रतिआनामा जग्गा किन्यो । तर यसअघि न लामो समय कसैले पनि किनेन । न त अहिले बिक्रि भएको छ ।
गोटिखेल नापी कार्यालयका प्रमुख सर्वजित प्रसाद शाह गोटिखेलको कार्यालयमा दिनको पाँच सात जना मात्रै आउने बताउछन् । उनका अनुसार यो कार्यालयमा सिमित जग्गाको कित्ताकाट हुने गर्छ । उनी भन्छन्, बर्षको ५०\६० वटा कित्ताकाट हुन्छ । त्यो पनि अंश बण्डाको ।


गोटिखेल मापपोत कार्यालयका प्रमुख सुर्वण बज्राचार्य सुरुमा आउदा १४ लाख राजस्व उठे पनि त्यो दर बढेको बताउछन् । उनी भन्छन् ‘गएको बर्ष ४८ लाख राजस्व उठ्यो । त्यो भनेको पाटनमा जग्गा पास गर्न जानेहरुको हो । सबैजसो आन्तरिक अंश बण्डा र मृत्युपछि नामसारी नै हो ।’
गोटिखेल बजारमा रहेको सनराइज बैंकका प्रमुख सुरेस कुँवर भने बैकको कारोबार बढ्दै गइरहेको बताउँछन् । ‘हामी नयाँ भयौं कारोबार बढ्ने नै भयो । तर पछिल्लो समय भने बजार बिस्ता नहुँदा धेरै बढ्न सकेको छैन । उनी भन्छन् ।’
भुकम्पपछि गोटिखेल बजार सुस्ताउदै गए पनि कोरोना माहामारीपछि यो क्रम रोकिने बताउछन् । भन्छन्, ‘अव मान्छे गाँउ बस्ने अपेक्षा छ । यहाँ होटल वयावसाय फस्टाउदै गएको छ । बैंक मालपोत,नापीजस्ता सेवा दिने सरकारी संस्था छन् ।’

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्