Logo

रुरु जलविद्युतको आइपिओ चैत्र २० बाट निश्काशन हुँदै


१३ चैत्र ०७७, काठमाडौं । रुरु जलविद्युत् आयोजनाको सर्वसाधारणका लागि चैत २० गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । गुल्मीका स्थानीय बासिन्दाहरुका लागिसेयर निष्कासन गरिसकेको यस कम्पनीलेचैत्र २० गतेबाट सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।
१ सय रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी ४ लाख ७ हजार ७०६ कित्ता निश्काशन हुन लागेको हो ।
यस सेयरमध्ये ८ हजार १ सय ५४ कित्ता (२ प्रतिशत) कर्मचारीलाई र २० हजार ३ सय ८५ कित्त ४ प्रतिशत अर्थात् ४ प्रतिशत सेयर सामूहिक लगानीकर्तालाई सुरक्षित गरी बाँकी रहेको ३७ लाख ९ हजार १ सय ६७ कित्ता सेयरमा लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
सर्वसाधारणले भने प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन दिन पाउनेछन् । कम्पनीले जारी गरेको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ ।
कम्पनीको आइपीओ चैत २० गते निष्कासन भइ छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ३ गते बन्द हुनेछ ।
कम्पनीले उत्पादन गरेको विद्युत प्रति मेगावाट १४ करोड ८९ लाख ४ हजार ३ सय ८२ रुपैयाँ लागत छ ।

प्रतिक्रिया दिनुहोस्