Logo

हेडक्वाटर तानिए सिन्धुलीका एसपी


१३ चैत्र ०७७, ललितपुर । सिन्धुलीका प्रहरी प्रमुख एसपी आभूषण तिम्सिना साढे २ महिनामै प्रहरी हेडक्वाटर तानिएका छन्। हेडक्वाटरले कारबाही स्वरुप एसपी तिम्सिनालाई जिम्मेवारीबाट हटाएको हो। प्रहरी नियमावली अनुसार सामान्यतया सरुवा भएको १ वर्ष नबित्दै सरुवा नगरिने प्रावधान छ। तर कुनै विवादमा मुछिएको अवस्थामा भने हेडक्वाटरले जुनसकै बेला जिम्मेवारीबाट हटाउन सक्छ।

गत पुस २१ गते तिम्सिनाको सिन्धुलीमा सरुवा भएको थियो। उनलाई हेडक्वाटर तानेपछि सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारी एसपी गोविन्द थपलियालाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्