Logo

भक्तपुरमा ग्यास सिलिन्डर पड्किँदा घाइते होटल सञ्चालकको मृत्यु

१३ चैत्र ०७७, भक्तपुर । भक्तपुरको होटलमा ग्यास सिलिन्डर पड्किएर घाइते भएका सञ्चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित भीमेश्वर मस्म एन्ड चिकेन हाउसका सञ्चालक ३९ वर्षीय टिकाराम बस्नेत रहेका छन् ।
गत आइतबार साँझ सवा ६ बजे होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको थियो। त्यसमा परी सञ्चालक टिकाराम बस्नेत र ग्राहकसहित ६ जना घाइते भएका थिए।
घाइते उनीहरूलाई कीर्तिपुर बर्न सेन्टर अस्पतालमा लगिएको थियो। सञ्चालकको शुक्रबार बिहान साढे ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अन्य पाँच जनाको उपचार भइरहेको छ। काठमाडौं कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्कफ र ३९ वर्षीया गीता कार्की गम्भीर घाइते छन्।

प्रतिक्रिया दिनुहोस्