Logo

ज्योति लाइफको आइपीओ बाँडफाँट


१३ चैत्र ०७७, ललितपुर । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्।

कम्पनीको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदन गरेको थियो। त्यसमध्ये १७ लाख ९७ हजार ८३५ आवेदन स्वीकृत भएका छन् भने ४४ हजार ६४५ वटा आवेदन रद्द भएका छन् । योग्य आवेदन मध्ये १२ लाख ३ हजार ८३५ जनाको हात खालि भएका छन्।

प्रतिक्रिया दिनुहोस्