Logo

ललितपुमा हावामा प्रदुषणको मात्राले खतराको तह पार गर्‍यो


१३ चैत्र ०७७, ललितपुर । ललितपुमा हावामा प्रदुषणको मात्राले खतराको तह पार गरेको वातावरण विभागले जनाएको छ ।
विभागको भैंसेपाटीस्थित स्टेशनले २ बजेपछि अपडेट गरेको विवरणमा यो क्षेत्रमा वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ३ सय २५ पुगेको छ।
एक्वुआई ३ सयभन्दा माथि हुनु घातक हुन्छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।
ललितपुरमा प्रदुषण घातक तहमा पुगेको छ। भोलिसम्म पनि घटेन भने पर्सि आइतबार जनस्वास्थ्यका लागि अपनाउनु पर्ने मापदण्ड जारी गर्ने विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताएका छन् ।

यसैबीच वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्