Logo

‘पार्टी एकतालाई ध्यान दिनुपर्छ’


१३ चैत्र ०७७, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले दहैसम्म लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताएका छन् ।
झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको आज शुक्रबार आयोजित भेलालाई सम्बोधन गर्दै खनालले एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाएका छन् ।
उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलादेखि अहिलेसम्म एकताका लागि कुनै पनि प्रयास नगरेको र वातावरणसमेत नबनाएको बताएका थिए ।
एमालेका नेता माधवकुमार नेपालले एकताका लागि कुनै कसुर बाँकी नराखी पहल भइरहेको जानकारी दिएका थिए ।
खनालले अदालतको गरेको फैसला स्र्वीकार गरेर अघि बढिरहेको र पार्टीको अहिलेसम्मको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर पार्टीलाई अगाडि बढाउनु पर्ने बताएका थिए ।
भेलाका सहभागीले भोली आआफ्नो धारणा राख्ने कार्यसूची रहेको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्