Logo

पत्रकार महासंघको नयाँ सदस्यतामा चौतारीको विरोध

विरोध पत्र बुझाउदै चौतारीका अध्यक्ष गणेश बस्नेत । लेन्स : ललितपुर खबर

१३ चैत्र ०७७, काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घको नयाँ सदस्यता वितरण विधानसम्मत नभएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएर विरोध गरेको छ ।
चौतारीका अध्यक्ष गणेश बस्नेत सहितको समूहले आज शुक्रबार महासङ्घमा पुगेर विधानसम्मत तरिकाले नयाँ सदस्यताको टुङ्गो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिका संयोजक कपिल काफ्लेलाई ज्ञापनपत्र बुझाएको हो ।
महासङ्घको विधानअनुसार नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य सम्बन्धित समितिको निर्वाचन हुनुभन्दा छ महिना पहिलो भइसक्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ ।
निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा महासङ्घको विधानमा भएको व्यवस्थाविपरीत मनोमानी ढङ्गले पक्षधरताका आधारमा आग्रह पूर्वाग्रहका राखी अध्यक्ष र महासचिवले पठाएको नामावली जस्ताको तस्तै प्रकाशन गरेको ज्ञापन पत्रमा छ ।
चौतारीका अध्यक्ष बस्नेतले महासङ्घको विधानसम्मत ढंगले सदस्यताको टुङ्गो लगाई अन्तिम नामावली प्रकाशन र नयाँ सदस्यता प्रदान गर्न महासङ्घबाटै तोकिएको विधि टुङग््याउन माग गरे ।

समितिका संयोजक काफ्लेले आफूले यसबारेमा अध्ययन गर्ने र महासङ्घको विधिबाटै नयाँ सदस्यताको टुङ्गो लगाउने प्रतिवद्धता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्