Logo

मकवानपुरको भैसेमा ग्याँसको सिलिण्डर पड्किदा गाँउ नै सखाप

फाइल तस्विर

१४ चैत्र ०७७, मकवानपुर भैसे । गतविहीबार मकवानपुरको भैसेमा ग्यास पड्किदा वरपरका घरगोठ गजेर नष्ट भएका छन् । प्रहरीका अनुसार मकवानपुरको भिमफेदी गाउँपालिका २ भैसे बस्ने ईन्द्र बहादुर सिजालीको भान्सामा खाजा बनाउने क्रममा दिउँसापख ग्याँस सिलिण्डर पड्किएका थियो ।
उनको घरबाट फेलिएको आगो बस्तीमा समेत फैलिदा गाँउ नै जग्न गएको हो । प्हरीले दिएको जानकारी अनुसार त्यसबेला आगलागी हुँदा ईन्द्र बहादुर समेत ५ जनाको २ वटा घर र ५ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगलागीपछि करिब १३ लाख २० हजार रूपैयाँ बराबरको धनामल नष्ट भएको प्रहरीको भनाई छ ।

मनहरीमा पनि आगलागी
मकवानपुरको मनहरी गाउँपालिका १ चकरी घैया डाँडास्थित हारियाली सामुदायिक वनमा समेत बिहीबार दिउँसो आगलागी भएको छ । प्रहरीका अनुसार त्यस सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने लाल बहादुर स्याङताङ्को घरमा समेत आगलागी भएको थियो । उनको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीपछि १ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाई छ ।

मकवानपुरको बाल्पाङ जंगलमा आगलागी
मकवानपुरको कैलाश गाउँपालिका ७ बाल्पाङ जंगलमा समेत बिहीबार दिउँसोबाट  आगलागी भएको छ ।
यो आगो फैलिएर यसै ठाउँ बस्ने मान बहादुर चेपाङ र सुजन चेपाङको घर र गोठमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीपछि दुवै जनाको घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगलागीपछि करिव ५ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्