Logo

काठमाडौंको कपनबाट दिउँसै चोरी


१३ चैत ०७७, काठमाडौं । काठमाडौंको कपनमा दिउँसै चोरी भएको छ । काठमाडौं महानगरपालिका ६ कपन सरस्वतिनगर डेरा गरी बस्ने २८ वर्षीया सबिता यादवको कोठामा दिउँसै चोर पसेर सरसामान लुगेर भागेको प्रहरीले जानकारी दिएको छ । यादवको काठमा रहेको सुन तथा चाँदीका विभिन्न गहना तथा नगद समेत चोरी भएको बताइएको छ ।
उनको कोठाबाट करिव २ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाकारी दिएका ेछ ।
यादवले स्थानीय प्रहरी कार्यालयमा गएर उजुरी दिएपछि चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्